ad ad

कला


पल र प्रकृति ८ वर्षपछि ‘को होला त्यो’ को फिमेल भर्सनमा (भिडिओ)

पल र प्रकृति ८ वर्षपछि ‘को होला त्यो’ को फिमेल भर्सनमा (भिडिओ)

नेपालखबर
असार ८, २०७८ मंगलबार १३:२८,

लोकप्रिय लोकपप गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडिओ रिलिज गरिएको छ। जसमा पछिल्लो पुस्ताकी चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ।

सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ। निषेधाज्ञा अगाडि कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडिओमा लोकप्रिय नायक तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ।

गायक गिरीले ८ वर्ष अगाडि पल र प्रकृतिलाई नै लिएर ‘को होला त्यो’ बोलको गीत बजारमा ल्याएका थिए। जुन गीतले नेपाली सांगीतिक क्षेत्रमा ठूलो चर्चा कमाएको थियो। ८ वर्ष पछि सोही टिम दोहोरिएको भिडिओले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन्।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन्। गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो।

सार्वजनिक गीतमा उत्कृष्ट टिकटक बनाउनेलाई २५ हजार नगर उपलब्ध गराइने गायक गिरीले जानकारी दिए। टिकटकमा आएको सर्वाधिक भ्यूज, लाइक कमेन्टका आधारमा पुरस्कृत गरिने निर्माण यूनिटले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .