कला


निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन, सहयोगको अपिल

निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालन, सहयोगको अपिल

नेपालखबर
असार १, २०७८ मंगलबार ८:५८,

कलाकार निशा घिमिरेको उपचारका लागि बैंक खाता सञ्चालनमा ल्याइएको छ। दुई वर्ष अघि कलाकारिता अध्ययन गर्न भारतको देहरादुन गएकी उनी सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन्।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा उपचार सम्भव नभएपछि उनको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै गइरहेको जनाइएको छ। २३ वर्षीया निशाको अवस्थाबारे जानकारी पाएपछि नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले समाजिक सञ्जालमा घिमिरेको तस्बीर सार्वजनिक गरेका थिए।

तस्बीरमा निशाको अवस्था दर्दनाकपूर्ण देखेपछि सहयोग गर्नुपर्ने चौतर्फी आवाज उठ्यो। दाहालले राखेको तस्बीरमा नर्भिक अस्पतालका निर्देशक मेघा चौधरीको नजर पर्यो। चौधरीले निशालाई अस्पतालले ल्याई तत्काल निःशुल्क उपचार शुरुआत गरिन्।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ। महाँकाल–४, ललितपुरका निशालाई अस्पतालको उपचार पछि पनि पालनपोषण, हेरचाह र निरन्तर उपचारको जरुरत पर्ने भएकाले आर्थिक सहयोग संकलन थालिएको छ।

मोडल निशा घिमिरेको नर्भिकमा उपचार सुरु

कलाकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले अहिले सहयोग गरिरहेका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निशाको परिवारलाई रु ५१ हजार सहयोग गरेको छ।

उनलाई अहिले देश तथा विदेशबाटसमेत सहयोग जुटिरहेको छ। उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ।

‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९०१८ रहेको दाहालले जानकारी दिए। सोमबार सो खातामा रु एक लाख ९७ हजार ५५० जम्मा भएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad