कला


कोरोना महामारीका बेला कसरी मानसिक स्वास्थ्य कायम राख्ने? सुनौं, राजेश हमालका सुझाव (भिडिओ)

कोरोना महामारीका बेला कसरी मानसिक स्वास्थ्य कायम राख्ने? सुनौं, राजेश हमालका सुझाव (भिडिओ)

नेपालखबर
जेठ १९, २०७८ बुधबार १५:८,

अभिनेता राजेश हमालले कोरोना महामारीका बेला घरभित्रै थुनिएर बस्नुपर्दा मानिसलाई नकारात्मक भावनाले गाँज्न सक्ने खतरा औंल्याउँदै यसबाट बच्न सुझाव दिएका छन्।

बुधबार फेसबुकमार्फत भिडिओ सन्देश जारी गरी उनले यस विषयमा सल्लाह दिएका छन्।

उनले भनेका छन् :

नेपालमा कोरोना भाइरसको न्यु भेरिएन्ट देखापरेको छ। र, हामी सबै जना लकडाउनमा छौं। यो असमान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि असमान्य प्रभाव पार्न सक्छ। त्यसैले हामी यसमा असाध्यै होसियार हौं। आफ्नो मनलाई हल्का राख्न, आफूलाई पोजिटिभ बनाइराख्नका लागि आफूलाई इच्छा लागेको कुरामा तपाईं इङ्गेज हुन सक्नुहुन्छ त्यही कुराहरू गर्नुस्। घरका सदस्यहरूसँग बसेर रमाइलका कुरा सेयर गर्ने। केही जोक्सहरू भन्ने, हँसिमजाकका कुराहरू गर्ने। या आफ्ना बगैंचा छन् भने त्यहाँ पनि समय बिताउन सकिन्छ।

खान बनाउन आउँछ भने त्यसमा आफूलाई व्यस्त राख्न सक्नुहुन्छ एक्सरसाइज गर्न सक्नुहुन्छ। र, समय छ भने ध्यान गरेर पनि आफ्नो दिमागलाई ताजा र सकारात्मक बनाउन सकिन्छ। त्यसैले आफ्नो मानसिक सन्तुलनका लागि सजग भइरहनुहोला। आफूलाई सकारात्मक बनाउने प्रयास गरिराख्नुहोला।

समाचारमा पनि धेरै ध्यान नदिनुहोला। विभिन्न स्रोत छन्, समाचारका। समाचार जान्नै मन छ भने विश्वसनीय कुनै एउटा स्रोतमा समय खर्चिनुहोला। बाँकी सयमचाहिँ आफ्नो दिमागलाई जसरी शान्त र सकारात्मक बनाउन सकिन्छ, त्यही काममा ध्यान दिनुहोला। ताजा हावामा हिँडडुल गर्नुहोस्, व्यायाम गर्नुहोस्। लेखमा रुचि छ भने आफ्ना मनका कुरा लेख्नुहोस्।

हमालका सुझाव सुन्नुहोस्, भिडिओमा :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad