कारोबार


एभरेष्ट बैंक र बेलायतको स्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

एभरेष्ट बैंक र बेलायतको स्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

नेपालखबर
जेठ १९, २०७८ बुधबार १४:५१,

एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, स्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

सो सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफिले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।

स्पुन रेमिट, अन्लाइन प्रोडक्ट र ट्रेडिङ्गको लागि दर्ता गरिएको एमए फास्टमोव लि. अन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लीकेसनको दुबै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ।

अब बेलायतमा रहेका रेमिटरहरुले आफूलाई स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन्।

यस साझेदारीले बैंकको सेवाहरु बेलायतमा पनि बिस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरुलाई थप सुबिधा प्रदान गर्नमा मद्दत गर्नेछ।

स्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिट मार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपाल भरी फैलिएको ९ हजार भन्दाबढी पे आउट एजेन्टहरु र बैंकको १०३ वटा मध्य कुनैपनि शाखा बाट नगद भुक्तानि लिन सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad