जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्य केशव झाले ‘उठू मधेशी, जागू मधेशी’ बोलको गीत सार्वजनिक गरेका छन्।
सो गीतमा शब्द, संगीत र स्वर उनी आफैँको रहेको झाले बताए।
जसपाभित्र पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेर अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव कारबाहीमा उत्रिरहेका बेला झाले भने पार्टीको एकता कायम हुनुपर्ने भन्दै गीत निकालेका हुन्।
‘अहिलेको परिस्थितिमा सँगै बस्न प्रेरणा मिलोस् भनेर गीत सार्वजनिक गरेको छु’, झाले भने।
‘आफैँ आफैँ नलड्नुस नत्र संघर्ष पनि बेकार हुनेछ। भाषा, जाति, धर्मको नाउँमा लड्नुभयो र छुट्टिएर बस्नुभयो भने शासकवर्गले जालझेल गरेर केही दिनेवाला छैनन। त्यसकारण मिलेर बसौं। जुटेर बसौं’, झाको गीतमा छ।
यता जसपा भने औपचारिक रुपमै विभाजनको संघारमा पुगेको छ। बाबुराम–उपेन्द्र पक्षले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधरलाई पार्टीबाटै निकालेको विज्ञप्ति जारी गरेका छन् भने ठाकुर पक्षले पनि यादव पक्षलाई कारबाही गरेको जनाएको छ।
भिडिओ-

प्रतिक्रिया