ad ad

कला


कोशिष क्षेत्रीको गीत ‘बिहानी पख’ सार्वजनिक, मिस्टर नेपाल सन्दिपको अभिनय (भिडियो)

कोशिष क्षेत्रीको गीत ‘बिहानी पख’ सार्वजनिक, मिस्टर नेपाल सन्दिपको अभिनय (भिडियो)

नेपालखबर
बैशाख १, २०७८ बुधबार ६:३२,

चर्चित गायक, संगीतकार एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा ‘बिहानी पख’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गतिमा कोशिषकै शब्द संगीत रहेको छ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा स्टुडियो फिलमा कुमार केसीले रेकर्ड गरेका हुन् भने गीतको ध्वनि सम्पादन अशोक महर्जनले गरेका छन्।

गायक क्षेत्रीले बिहान उठ्नेबित्तिकै आफूसँगै निदाएको गितार हातमा लिएर मानसपटलमा फुर्दै गएका शब्दहरूमा संगीत भरेको बताए।

उनले भने, ‘यस्तो विधाका गीत गाउन मलाई एकदमै मन पर्छ । यस्ता गीतमा आफु अझै खुल्न सकेको महशुस हुन्छ।’

सफ्ट रोमान्टिक शैलिको यो गीतको भिडियोमा सन् २०१५ को मिस्टर नेपाल टाइटल विजेता सन्दिप पोखरेल र पुजा केसीको अभिनय हेर्न सकिन्छ।

मिस्टर नेपाल पाखरेलले आधिकारिक रूपमा पहिलो पटक गीतको भिडियोमा अभिनय गरेका हुन्।

अमेरिकाको क्यालिफोर्नियाँमा छायाँकन गरिएको भिडियोमा आलोक शर्माको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गायका क्षेत्रीले नै तयार पारेको कथाबस्तुमा प्रकाश थापाले गीतको भिडियो निर्देशन गरेका हुन् ।

बहुप्रतिभाशाली सर्जक कोशिष क्षेत्री करिब दुई दशक देखि नेपाली संगीत र चलचित्र क्षेत्रमा सक्रिय छन् ।

पहिलो चलचित्र ‘मोक्ष’ बाटै उत्कृष्ट नव अभिनेतासहित ४ वटा राष्ट्रिय अवार्ड जितेका क्षेत्रीले आधा दर्जन नेपाली कथानक चलचित्रमा अभिनय गरिसकेका छन् ।

त्यस्तै सन २०२० मा आयोजित दुबै अवार्डमा पनि क्षेत्रीलाई बहुप्रतिभा अवार्डद्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .