पोर्न बनाउने कम्पनीले सोझा युवतीलाई आफ्नो शिकार बनाउने गरेको उनले बताएकी हुन्।
२६ वर्षीया मियाले पोर्न कम्पनीमा मात्र तीन महिना काम गरिन्। सन् २०१४ को अक्टुबरमा मियाले पोर्नको दुनियाँमा प्रवेश गरिन् र २०१५ को सुरुवातमा उनले काम छाडिन्।
जुन समयमा उनी पोर्न जगतमा प्रवेश गरिन्। पोर्न हब भन्ने साइटमा उनी स्टार बनिसकेकी थिइन्।
अमेरिकी लेखक मेगन अबोटलाई दिएको अन्तर्वार्तामा उनले सोझा र सिधा युवतीलाई पोर्न कम्पनीले फकाउने र प्रलोभनमा पार्ने गरेको खुलाइन्।
आफू पनि त्यस्तै प्रलोभनमा परेको उनले स्वीकार गरिन्। उनले आफूलाई अतीतले अझै झस्काउने गरेको बताइन्।
मियाले पोर्नमा करोडौं डलर कमाएको हल्लाहरु चलेका थिए। उनी भन्छिन्,‘मानिसहरुलाई लाग्छ मैले पोर्न जगतमा करोडौं कमाए। तर मैले मात्र १२ हजार डलर कमाए। त्यसपछि मैले यो काम नै छाडे।’
पोर्न जगतलाई त्यागेपछि आफूलाई जागिर खोज्न निकै समस्या भएको उनले सुनाइन्।
प्रतिक्रिया