हालै घोषणा गरिएको बलिउड फिल्म ‘सिकन्दर’ मा रश्मिका मन्दाना अनुबन्धित भएकी छिन्। यस फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिनेछिन्।
बलिउडका दबंग सलमानसँग रश्मिकाको यो पहिलो फिल्म हुनेछ। रश्मिकाको कास्टिङबारे यस फिल्मका निर्माताले एक्समार्फत जानकारी दिएका हुन्।
चर्चित दक्षिण भारतीय अभिनेत्री रश्मिकाले रणवीर कपुर स्टारर ‘एनिमल’ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। २०२३ को डिसेम्बरमा रिलिज भएको यो फिल्म सुपरहिट भएको थियो।
निर्माताले स्वागत गरेको ट्विटलाई सेयर गर्दैँ रश्मिकाले पनि खुसी व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, ‘ तपाईंहरू लामो समयदेखि मलाई नयाँ फिल्मको बारेमा सोध्दै हुनुहुन्छ। म यहाँ छु। सिकन्दरको हिस्सा बन्न पाउँदा म निकै कृतज्ञ र खुसी छु।’
यो फिल्म सन् २०२५ को इदको अवसरमा रिलिज हुने बताइएको छ। एआर मुरुगाडोस निर्देशनमा बन्ने यस फिल्ममा साजिद नाडियाडवालाले निर्माण गर्नेछन्। यो फिल्मको छायाङ्कन सुरु भइसकेको छ।
Shares
प्रतिक्रिया