कला


‘पुजार सार्की’ बाट आशावादी रहेका आर्यन भन्छन्: अबचाहिँ देखिने गरी आउँदैछु

‘पुजार सार्की’ बाट आशावादी रहेका आर्यन भन्छन्: अबचाहिँ देखिने गरी आउँदैछु

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १३:५५, काठमाडौँ

अभिनेता आर्यन सिग्देल फिल्म ‘पुजार सार्की’ मा मुख्य भूमिकामा छन्। जुन फिल्म आगामी जेठ १० गतेबाट सिनेमा घरमा लाग्दै छ।

आर्यनसहित यस फिल्मका मुख्य कलाकार यतिखेर फिल्मको प्रचारप्रसारमा व्यस्त छन्। केही दिनअघि आर्यनसहित प्रदीप खड्का, अञ्जना बराइली र परिक्षा लिम्बु ‘कमेडी च्याम्पियन ३’ मा अतिथिको रुपमा पुगेका थिए।

जहाँ होस्टको रुपमा रहेकी रिमा विश्वकर्माले आर्यन आफूलाई मनपर्ने हिरो बताउँदै प्रश्न सोधिन्।

‘लामो समयको अन्तरालपछि अन्तत: तपाईंलाई पर्दामा देख्दैछौँ। किन यति समय लाग्यो?’

आर्यनले जवाफमा भने, ‘बीचमा पनि देखिएको हुँ। तर, देखिएको फिलनै भएन। अब चाँहि देखिने गरि आउँदैछु। राइट प्रोजेक्ट नभएर होला सायद।’

लभरब्वाइको रुपमा चर्चित आर्यनका कायरा, हजार जुनीसम्म लगायतका फिल्महरु बक्सअफिसमा सफल छैनन्। उनी अन्तिमपटक सन् २०२२ मा रिलिज भएको फिल्म ‘डिसेम्बर फल्स’ मा देखिएका थिए। जुन फिल्म पनि बक्सअफिसमा फ्लप भएको थियो।

तर, दिनेश राउन निर्देशित फिल्म ‘पुजार सार्की’ मा पुजार बनेका आर्यन यस फिल्मबाट निकै आशावादी छन्।

यस फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। पहिलोपटक आर्यन, प्रदीप र पल शाह एकसाथ देखिँदै छन्। दुई दिनअघि रिलिज भएको ट्रेलरले अहिले तारिफ पाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .