किरणका श्रीमान अनुपम खेरले आफ्नी श्रीमतीलाई ब्लड क्यान्सर सम्बन्धी रोग लागेको र अहिले उनको उपचार भइरहेको जानकारी दिएका हुन्।
इन्डियन एक्सप्रेसका अनुसार किरण खेर भाजपाकी सांसद पनि हुन्। उनलाई मल्टिपल माइलोमा भन्ने रोग लागेको छ। यो एक प्रकारको ब्लड क्यान्सर हो।
किरण खेरका साथी तथा बीजेपी चन्डीगढका मेम्बर अरुण सुदले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै किरणको रोगको बारेमा जानकारी गराएका हुन्।
सुदका अनुसार किरण अघिल्लो वर्षदेखि उपचारारत थिइन्। उनको अवस्थामा सुधार आएको समेत उनले जानकारी दिए।
— Anupam Kher (@AnupamPKher) April 1, 2021

प्रतिक्रिया