ad ad

कला


उडिरहेकाे विमानभित्र एल्बम विमाेचन गरेर हरि गोपाल प्रधानले राखे विश्व कीर्तिमान

उडिरहेकाे विमानभित्र एल्बम विमाेचन गरेर हरि गोपाल प्रधानले राखे विश्व कीर्तिमान

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:२७,

वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाइजहाजभित्र आफ्नो साङ्गितिक एल्बम ‘यो मुटुमा सधैँभरि’ विमोचन गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्।

काठमाडौंदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको बाहुलीबाट विमोचन गरेर ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा कीर्तिमान कायम गरेका हुन्।

उपराष्ट्रपतिको कार्यालय, हरित गृहमा आयोजिम कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनको बाहुलीबाट विश्व रेकर्ड्सको प्रमाणपत्र कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधानलाई हस्तान्तरण भएको थियो।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वल्र्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कट्वाल, हिपहप किङ्ग निर्णय श्रेष्ठले दोसल्ला वर्ल्ड बुक अफ रेकर्ड्सको पीन एवं माला लगाई विश्व कीर्तिमानी गीतकार प्रधानलाई सम्मान गरेका थिए।

उक्त सांगीतिक एल्बममा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार/मोडल प्रदीपराज वन्त र नायिका मोडल कृजना डंगोल, सिनोमटोग्राफर/सम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्या लक्ष्मी खड्गीको रहेको छ।

उक्त कार्यक्रममा उपराष्ट्रपति कार्यालयका कर्मचारी, पत्रकार एवं सहयोगी महानुभावहरुलाई उल्लेख्य भूमिका खेलेकोमा सम्माननीय उपराष्ट्रपतिज्यूको बाहुलीबाट सम्मान गरिएको थियो।

उपराष्ट्रपति पुनले संसारमा कसैले नगरेको कार्य गरी विश्व रेकर्ड बनाउने काम आफैँमा गाह्रो काम भएको उल्लेख गर्दै भने, ‘तपाईंले रेकर्ड राखेर नेपालीको शिर ठाडो पार्नुभएको छ।’

यसका लागि उपराष्ट्रपतिले बधाई ज्ञापन गरे। सहरी विकास राज्यमन्त्री मानन्धरले सांगीतिक क्षेत्रको नमूना देश नेपाल भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन जरुरी रहेको बताउँदै मन्त्री मानन्धरले बधाई दिएका थिए।

वर्ल्ड बुक अफ रेकर्ड्स नेपालका अध्यक्ष सागर कट्वालले गीतकार हरि गोपाल प्रधानको अथक मिहिनेत र प्रयासबाट यो रेकर्ड बन्न सफल भएको भन्दै हरेक पाइलामा साथ दिने प्रतिवद्धता व्यक्त गरे।

साथै गीतकार प्रधानले सबैको साथ सहयोगका कारण आफूले विश्व रेकर्ड राख्न सफल भएको बताए।

यस एल्बममा गायिका सरिता अधिकारी, संगीतकार किशोर खतिवडा, वरिष्ठ संगीत एरेन्जर, अमूल कार्की ढली, रेकर्डीस दीप तुलाधर, फोटोग्राफर÷प्रोडक्सन राजेश मानन्धर, फोटोग्राफर/प्रोडक्सन पद्मसागर कक्षपति, ड्रेस डिजाइनर शोभा महर्जन, ड्रेस डिजाइनर कुसुम श्रेष्ठ, मोडेल कलाकार कुसुम तामाङ्ग, मेघना महर्जन, निलम तामाङ्ग, नेहा महर्जन, सिंगार हिमा पुन मगर, सिंगार मनु थापा मगर, रेखा बलामी, प्रोडक्सन मेनेजर निकेश सुवेदी र निर्माता शब्दयात्रा प्रकाशन, परिवार रहेका छन्।

हरि गोपाल प्रधान वरिष्ट पत्रकार/फोटो पत्रकार साहित्यकार एवं समाजसेवी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .