प्रियंकाका अनुसार उनी आफ्नो व्यावसायिक जीवनमा ठूलो सफलता हात पार्ने लक्ष्यमा केन्द्रित भएकी छिन्।
‘म विश्वमा केही परिवर्तन ल्याउन चाहन्छु।’ इन स्टाइलसँगको कुराकानीमा प्रियंकाले भनिन्,‘म मेरो अस्तित्वको महत्व होस् भन्ने चाहन्छु। मेरा छोराछोरीले मलाई म तिर फर्किएर गर्वका साथ मेरी आमा भनेको सुन्न चाहन्छु।’
प्रियंकाका अनुसार उनी अहिले त्यो उचाइमा पुगेका छैनन्, जुन उनी चाहन्छिन्।
इन्टरटेनमेन्ट विक्लीसँगको अन्तर्वार्तामा पनि प्रियंकाले चाँडै सन्तान जन्माउने योजनामा निक र आफू नभएको उनले बताएकी थिइन्।
अमेरिकी गायक २६ वर्षीय निक जोनस र ३७ वर्षका बलिउड तथा हलिउड स्टार प्रियंका चोपडाबीच गतवर्षको डिसेम्बर १ तारिखमा विवाह भएको थियो।
3
Shares
प्रतिक्रिया