कला


यथार्थपरक र्‍याप गीत ‘सोच’ (भिडिओ)

यथार्थपरक र्‍याप गीत ‘सोच’ (भिडिओ)

नेपालखबर
चैत १०, २०७७ मंगलबार ९:३३,

गायक कपिल सापकोटाको एल्वम ‘म’ भित्र संग्रहित गीत ‘सोच’को म्युजिक भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ।

अस्ट्रेलियाको मेलबर्न सहरमा रहेर र्‍याप गायनमा सक्रिय तिन जना प्रतिभाशाली युवा गायक कपिल सापकोटा, सागर कुँवर र कपिल योगीको र्‍याप ‘सोच’मा सुन्न सकिन्छ।

जीवन भोगाई र समाजको यथार्थ र्‍यापमा प्रस्तुत गरिएको छ। मिस्ट चाम्लिङले यस र्‍याप गीतलाई मिक्सिङ मास्टरिङ गरेका हुन्।

अस्ट्रेलियामा नै छायांकन गरिएको यस भिडिओमा स्वयम् तीन जना गायक फिचर्ड छन्। अनिश गौतमले यस भिडिओलाई सम्पादन र निर्माण गरेका हुन्।

मेक मनि रेकर्डको आधिकारिक च्यानल मार्फत भिडिओ सार्वजनिक भएको हो। यस गीतलाई अन्य डिजिटल अडिओ प्ल्याटफर्महरुमा समेत सुन्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .