कला


इदमा भिड्दै सलमान खानको ‘राधे’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’

इदमा भिड्दै सलमान खानको ‘राधे’ र जोन अब्राहमको ‘सत्यमेव जयते २’

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:३६,

यो चलचित्र गतवर्षको इदमै रिलिज हुने घोषणा गरियता पनि कोरोना प्रकोपका कारण एकवर्ष पछाडि धकेलिएको थियो।

हाल सलमान खानले यो चलचित्र इदमै रिलिज हुने घोषणा गरेका छन्।

तर अर्का चर्चित अभिनेता जोन अब्राहमले सलमानले रिलिज गर्न लागेकै दिन आफ्नो चलचित्र ‘सत्यमेव जयते २’ रिलिज गर्ने भएका छन्।

उनले आफ्नो इन्स्टाग्राम पोस्टमा यो विषयको जानकारी दिएका हुन्।

यसको मतलब अब सलमान खानको चलचित्रसँग जोनको चलचित्रबीच कसले बढी कमाउने भनेर टक्कर चल्नेछ।

यसरी दर्शक बाँडिने भएकाले दुवैलाई आर्थिक रुपमा केही घाटा लाग्ने देखिन्छ। यद्यपी सलमानले आफ्नो रिलिज डेट नसार्ने बताइसकेका छन्।

जोनले पनि सलमानको चलचित्र आउने थहा भएर पनि सोही दिन चलचित्र रिलिज गर्न चाहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad