ad ad

कारोबार


प्रदेश १ प्रहरीले ८ महिनामा दर्ता गर्‍यो ४६ सय ८९ मुद्दा, २७ करोड बढी राजस्व संकलन

प्रदेश १ प्रहरीले ८ महिनामा दर्ता गर्‍यो ४६ सय ८९ मुद्दा, २७ करोड बढी राजस्व संकलन

नेपालखबर
चैत ४, २०७७ बुधबार ११:३५,

प्रदेश १ मा यस आर्थिक वर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्दा दर्ता र २७ करोडभन्दा बढी राजस्व संकलन भएको छ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा यस्ताे सफलता देखिएकाे हाे। 

संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउनेतर्फ विशेष ध्यान दिई समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भएअनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो।

यस आर्थिक वर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा विभिन्न अपराधसम्बन्धी मुद्दा दर्ता भई कारबाही गरिसकिएको छ भने फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ वर्ष कैद भुक्तान भई, २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजस्व संकलन भएको छ।

यसैगरी लागूऔषध नियन्त्रणतर्फ विशेष ध्यान दिई व्यापक रुपमा प्रहरी परिचालन गरेअनुसार १६५१.६८१ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१.७९० केजी गाँजा बरामद भएको छ।

यसैगरी विभिन्न मनोद्दीपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्दीपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ। अन्य विभिन्न किसिमका मनोद्दीपक औषधिहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ।

यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ।

यस्तै नदीजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ।

यसैगरी अवैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यूफिट काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजस्व संकलन भएको छ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक वर्षको ८ महिनामा मात्र ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारबाही गर्दा ११ करोड १७ लाख २६ हजार राजस्व संकलन भएको छ।

यसरी यसै आर्थिक वर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजस्व संकलन भएको प्रदेश १ प्रहरीले जनाएको छ।

यसैगरी अघिल्लो ३ आर्थिक वर्षको तुलनात्मक तथ्याङक यसै साथ संग्लग्न राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .