नायिका केकी अधिकारीले कपाल खौरिएकी छन्।
कपाल मुन्डन गरिएको नयाँ लुक्स उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरकी हुन्।
कपाल खौरिएकोबारे केही बताएकी छैनन्।
२०७३ साउन र भदौमा मण्डला थिएटरमा मञ्चन गरिएको नाटक ‘बोक्सीको घर’को कथामा केकीले फिल्म निर्माण गरिरहेकी छन्। अहिले उनी यही फिल्मको छायांकनमा व्यस्त छिन्। जसमा उनी मुख्य भूमिकामा छिन्।
यसैका लागि उनले कपाल खौरिएको हुन सक्ने अनुमान गरिएको छ। सरिता गिरीको एकल अभिनय रहेको नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेकी हुन्।
सुलक्षणकै लेखनमा तयार हुने ‘बोक्सीको घर’ फिल्मलाई सुलक्षणका साथै सुव्रतराज आचार्यले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन्।
3
Shares

प्रतिक्रिया