कला


चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक (भिडिओ)

चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक (भिडिओ)

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ११:१८,

चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

मुकुन्द भट्टले निर्देशन गरेको ‘लप्पन छप्पन २’मा खिलेन्द्रराज तिमसिनाको प्रस्तुतिमा तयार भएको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रूपमा रहेका छन्।

चलिचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शिव श्रेष्ठ, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रमा पटकथा निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माले संयुक्त रूपमा लेखेका हुन््। पुरुषोत्तम प्रधानको छायाँकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ।

एक्सन प्रदान चलचित्रमा पैसा र शक्तिको भिडन्तलाई प्रस्तुत गरिएको छ। नेपालको राजनीतिमा हुने विदेशी शक्ति र पैसाको चलखेललाई पनि चलचित्रमा प्रस्तुत गरिएको छ।

३ करोड भन्दा बढीको लगानी रहेको यो चलचित्र यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको हो। यो फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुने बताइएको छ। यो चलचित्र चैत २७ गतेबाट प्रदर्शनमा आउने निर्माण युनिटले जनाकारी दिएको छ।

हेरौँ भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad