ad ad

कला


कार रोकेर अजय देवगनलाई ‘किसान आन्दोलन’बारे प्रश्न गर्ने युवा गिरफ्तार

कार रोकेर अजय देवगनलाई ‘किसान आन्दोलन’बारे प्रश्न गर्ने युवा गिरफ्तार

नेपालखबर
फागुन १९, २०७७ बुधबार ६:५८,

पञ्जावका गाडी चालक उनले भारतमा हाल जारी किसान आन्दोलनमा अजय देवगनले किसानलाई साथ दिएका छन् कि उनीहरुको कार्य विरोध गरेका छन् भनेर बुझ्न चाहेका थिए।

सार्वजनिक भिडिओमा देखिएअनुसार अजय देवगन युवाले प्रश्न गरिरहँदा चुपचाप बसेका छन्।

बीबीसीहिन्दीका अुनसार २८ वर्षका राजदीप सिंहले अजयको कार रोकेका थिए।

गोरेगाउँको फिल्म सिटीबाट बाहिर निस्कने क्रममा सिहंले अजयलाई किसान अन्दोलनबारे सोधेका थिए।

अजयका अंगरक्षक प्रतिप इन्द्रसेनले अजयमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सिंह गिरफ्तारमा परेका हुन्।

तर सिंहको गिरफ्तरीसँगै भारतमा यस कार्यको विरोध भएको छ। एउटा सेलिब्रिटीमाथि देशको जल्दोबल्दो विषयमा प्रश्न गरेकै भरमा आम नागरिकलाई गिरफ्तार गर्न नहुने सामाजिक संजालमा आवाज उठेको छ।

भारतमा नयाँ कृषि कानुनले किसान मारमा पर्ने भन्दै आन्दोलन जारी छ। कानुनले किसानले लागतभन्दा कम मूल्य पाउने गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .