ad ad

कला


बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री कंगनाविरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
फागुन १७, २०७७ सोमबार ११:४०,

बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बइको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए।

सोमबार अदालतले अभिनेत्री कंगनाविरुद्ध जमानती वारेन्ट (पक्राउ पुर्जी) जारी गरेको हो।

मुम्बइको अन्धेरी महानगर मजिस्ट्रेटको अदालतले १ फेब्रुअरीमा कंगनालाई मार्च १ मा अदालतमा पेस हुन आदेश दिएको थियो। सोमबार कंगना अदालतमा पेस नभएपछि अदालतले जमानती वारेन्ट जारी गरेको हो।

कंगनाको वकिल रिजवान सिद्दीकीले भने अदालतमा कंगनालाई अदालतमा हाजिर हुन आदेश दिनु नै कानुसम्मत नभएको बताएका छन्। उनले अदालतको फैसलाविरुद्ध आफूहरु उच्च अदालत जाने तयारीमा रहेको बताए।

गीतकार अख्तरका वकिल वृन्दा ग्रोवरले भने कंगनाले प्रक्रियालाई नै चुनौती दिएको आरोप लगाएका छन्। उनले उच्च अदालतले अन्तरिम आदेश नदिए कंगन जसरी पनि अदालत हाजिर हुनुपर्ने बताए।

कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको भन्दै अख्तरले नोभेम्बरमै कंगनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .