ad ad

कला


अभिनेता केसीले भने : संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन

अभिनेता केसीले भने : संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन

नेपालखबर
फागुन १२, २०७७ बुधबार ५:४२,

अभिनेता भुवन केसीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेर सर्वोच्च अदालतले संविधानको सर्वोच्चताको रक्षा गरेको बताएका छन्।

संसद विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि अभिनेता केसीले सर्वोच्च अदालतको फैसलापछि संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना नगरी हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको बताएका छन्।

‘सर्वोच्च अदालतको आजको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ’, अभिनेता केसीले फेसबुकमा लेखेका छन्।

उनले अदालतको फैसलाले हामी सबैले संविधानको अक्षरंश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश दिएको बताएका छन्। उनले कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई सलाम भनेका छन्।

 उनले अदालतको फैसलापछि संवैधानिक संकट त टरेको भए पनि नेतृत्वमाथिको आशंका नटरेको बताएका छैन ।

‘कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ। संवैधानिक संकट त टर्यो तर नेतृत्वमाथिको आशंका टरेको छैन’, उनले अगाडि लेखेका छन्, ‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनु होला। मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .