कला


जसपा नेता गंगाको देशभक्तिपूर्ण गीत ‘सयौं भाषा, सयौं भेष’ (भिडिओ)

जसपा नेता गंगाको देशभक्तिपूर्ण गीत ‘सयौं भाषा, सयौं भेष’ (भिडिओ)

नेपालखबर
फागुन १०, २०७७ सोमबार ९:१५,

जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडिओ सार्वजनिक गरेका छन्।

आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका हुन्। ‘सयौं भाषा, सयौं भेष, सयौं जात–जाति, सबको पहिचान सबले सम्मान गर्नुपर्छ साथी’ बोलको गीतमा पहिचानको सवाल उठाइएको छ।

नेपाल १२५ जात–जाति र १२३ भाषाभाषी भएको इन्द्रधनुषी देश हो। यही वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गरेका छन्।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय–भाषिक समुदाय) हरूका विषयमा गीतमा उल्लेख गरिएको छ। जस्तैः लिम्बू–राई–तामाङ–नेवार–गुरुङ–मगर–थारू–मुस्लिम–मधेसी–क्षेत्री–बाहुन–दलित।

राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ यो गीत। यस गीतले नेपाली हुनुमा असाध्यै गर्व गर्छ। साथै सबै जात–जाति, भाषाभाषी, भेषभूषा, भूगोल, संस्कृति सबैको सम्मान पनि गर्छ। सारमा यस गीतले वैचारिक सन्देश दिएको छ।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन्। शब्द त सुन्दर छँदैछ, त्यतिकै सशक्त स्वर र संगीत पनि छ। समग्रमा गीत सुन्दर र उत्कृष्ट छ।

गीत हाइलाइट्स नेपालको युटुब च्यानलमा गीत उपलब्ध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad