चलचित्र तथा म्युजिक भिडियोका छायाकार जनकराज अधिकारी मृत फेला परेका छन्।
म्युजिक भिडियो निर्देशक तथा मोडल भुवन श्रेष्ठ मुस्कानका अनुसार उनी काठमाडौंको गोंगबुस्थित आफ्नै कार्यालय जेसिका फिल्मस् प्रालिभित्र आइतबार साँझ मृत फेला परेका हुन्।
सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै श्रेष्ठले लेखेका छन्, ‘यो के गर्याै? प्यारो क्यामराम्यान साथी जनकराज अधिकारीको आत्महत्या गरी असामयिक निधनले अत्यन्तै दुखित तुल्याएको छ। स्वर्गमा बास होस्।’
केही दिनदेखि परिवारबाट सम्पर्कविहीन उनी कार्यालयको ढोका भित्रबाट चुक्कुल लगाएर घाँटीमा खादाको पासो लगाई पंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
पोस्टमार्टमका लागि छायाकार अधिकारीको शव त्रिवि शिक्षण अस्पताल लगिएको छ।
जेसिका फिल्मस् प्रालिका प्रोपाइटर अधिकारीले दुई चलचित्र र थुप्रै म्युजिक भिडियो छायांकन गरेका छन्।

प्रतिक्रिया