कला


दीपक–दीपाको ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक (भिडिओ)

दीपक–दीपाको ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक (भिडिओ)

नेपालखबर
माघ ७, २०७७ बुधबार ६:३,

चलचित्र ‘छ माया छपक्कै’ युट्युबमा सार्वजनिक भएको छ।

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ माया छपक्कै मंगलबार आमा अग्नि कुमारी मिडियाको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।

 फिल्मको निर्माण दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायतका समूहले गरेको हो।

निर्माता तथा अभिनेता गिरीले फिल्म युट्युबमा सार्वजनिक भएको सामाजिक सञ्जालमार्फत पनि जानकारी दिएका छन्। उनले फिल्मले हलमा र डिशहोममा दर्शकको राम्रो माया पाएको भन्दै युट्युबमा पनि माया पाउने विश्वास गरेका छन्।

‘हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्युबमा आएको छ। यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनु भएको छ’, फेसबुकमा गिरीले लेखेका छन्, ‘धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ। हेरेर प्रतिक्रिया पाऊँ।’

फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाल, रमा थपलिया, प्रकाश घिमिरे, शारदा गिरी लगायत कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad