चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेपछि उनी तीन महिना बेपत्ता भएका थिए। उनको अवस्थाबारे सबै अज्ञात थिए।
बुधबार बिहानै ज्याक माले एउटा भिडियो सन्देशमा ग्रामिण शिक्षक–आधारित सामाजिक कल्याण कार्यक्रममा सयभन्दा बढी शिक्षकहरुलाई सम्बोधन गरे। तीन महिनामा पहिलोपटक ज्याक मा सार्वजनिक रुपमा देखा परेका हुन्।
५० सेकेन्डको भिडियो सन्देशमा उनले ग्रामिण शिक्षक शशक्तिकरणको विषयमा बोलेका छन्। उनले चिनियाँ उद्यमीहरुले ग्रामिण पुनरुद्धार र साझा समृद्धिमा टेवा पुर्याउनु पर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्,‘हामी पहिले भन्दा बढी शिक्षा र परोपकारी कार्यमा प्रतिबद्ध छौं।’
— Global Times (@globaltimesnews) January 20, 2021Jack Ma Yun, the English teacher turned entrepreneur and former executive chairman of #Alibaba, showed up at a rural teacher-themed social welfare event via video link on Wed, his first public appearance since Alibaba came under tougher regulatory scrutiny.https://t.co/VXywPHEeyv pic.twitter.com/DKCXhASIhu
माले ग्रामिण क्षेत्रका शिक्षकहरुलाई सम्बोधन गरेको विषय अलिबाबाले पनि पुष्टि गरेको छ।
चिनियाँ बैंकिङ प्रणालीको ऋण सम्बन्धी नियमले उद्यमशीलता र आविष्कारको क्षेत्रमा असर पुर्याएको ज्याक माको भनाइ थियो। उनले चिनियाँ बैंकिङ प्रणालीलाई ‘पुराना मानिसहरुको क्लब’ भनेका थिए।
उनले हालको चीनको आर्थिक प्रणालीलाई नै परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए।
चिनियाँ बैंकिङ प्रणालीको आलोचना गरेपछि नै उनी हराएपछि यस विषयलाई चासोका साथ हेरिएको थियो। एजेन्सी

प्रतिक्रिया