नयाँ सिजनमा एक कोचमा फेरबदल देखिने भएको छ।
भोइसको तेस्रो संस्करणमा दोस्रो सिजनकी कोच आस्था राउतको स्थानमा अर्की चर्चित गायिका तृष्णा गुरुङलाई कोचको रुपमा देख्न पाइनेछ।
यसअघि पहिलो सिजनबाट दोस्रो सिजनमा आउँदै गर्दा भोइसले दुई कोचर परिवर्तन गरेको थियो।
दोस्रो सिजनमा सनुप पौडेलको स्थानमा राजु लामा र अभया सुब्बाको स्थानमा आस्था राउतलाई प्रतिस्थापन गरिएको थियो।
भोइस अफ नेपालको पहिलो संस्करणको विजेता सिडी बिजे अधिकारी हुन् भने दोस्रो संस्करणमा राम लिम्बु विजेता बनेका थिए।
Welcome, Trishna Gurung The Voice of Nepal Season 3 is all set to roll! Stay Tuned...! #TVON3

प्रतिक्रिया