ad ad

कला


‘धुम ४’ को मुख्य भिलेन दीपिका पादुकोन !

‘धुम ४’ को मुख्य भिलेन दीपिका पादुकोन !

नेपालखबर
पुस १९, २०७७ आइतबार १२:४४,

बलिउडका सफल सिरिजमा ‘धुम’को नाम सबैभन्दा पहिला आउँछ। सन् २००४ बाट सुरु भएको यो यात्रा आज पनि फिल्मका शुभचिन्तकहरुका लागि प्रिय बनेको छ भने हरेक सिक्वेल बक्स अफिसमा रेकर्ड पनि तोड्दै गएको छ।

अहिले धुम ४ को मुख्य भिलेनेको बारेमा पनि व्यापक चर्चा हुन थालेको छ। फिल्ममा अभिषेक बच्चन र उदय चोपडाको भूमिका सधैं झैँ निश्चित रहे पनि खलनायक को हुने भनेर चर्चा सुरु भएको छ।

3 times Deepika proved she's a badass | GQ India

यस फिल्मको नयाँ खलनयकका लागि शाहरुख खान र रणवीर सिंहजस्ता सुपरस्टार कलाकारको चर्चा चलिरहेकै बेला एउटा अनौठो समाचार सार्वजनिक भएको छ। अहिले आएर दीपिका पादुकोनले यी दुवै कलाकारलाई पछाडि पारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

धूम

धुम ४ का निर्माताहरूले पहिलोपटक फिल्ममा महिला कलाकारलाई खलनायकका रुपमा प्रस्तुत गर्ने तयारी गरेको र त्यसका लागि यस मेगा बजेट फिल्ममा दीपिका पादुकोणलाई लिन तयारी भइरहेको बताइएको छ।

 धुम ४ मा दीपिकालाई एक स्टाइलिस चोरका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको छ। यदि यो खबर सही प्रमाणित भएका यसले अभिनेत्रीको क्यारियरको नयाँ मोड ल्याउने बताइएको छ।

धूम

धुमका सिक्वेलमा यसअघि जाेन अब्राहम, ऋतिक रोशन  र आमिर खानले मुख्य खलनायकको भूमिका निर्वाह गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .