कला


चर्चित हाँस्य श्रृंखला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा

चर्चित हाँस्य श्रृंखला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टीभीमा

नेपालखबर
कात्तिक २४, २०७७ सोमबार १३:५२,

नेपालको लोकप्रिय हाँस्य श्रृंखला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ।

कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृंखला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए।

‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने, ‘कार्यक्रमलाई अझै उचाईमा पु-याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौं।’

सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुने छ। शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए।

‘सक्किगोनी’ टीमले आफ्नो सिर्जनशीलतालाई प्रमाणित गरिसकेको छ, लाखौं करोडौं मानिस सक्किगोनीका चरित्र र कलाकारसँग गहिरोसँग बाँधिएका छन्’ कार्यकारी निर्देशक कँडेलले भने, ‘यस्ता लोकप्रिय कलाकारहरुको टीमसँग काम गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ।b.jpg

‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रा.लि.लाई अनुबन्ध गरिएको छ। आज आयोजित एक कार्यक्रममा एड प्याड प्रा.लि र हिमालय टेलिभिजन बिच उक्त सम्झौता गरिरहेको छ।

साँझ ७ बजे प्राइमटाइम न्यूज ‘खास खबर’ प्रसारण गरिरहेको हिमालय टीभी एचडीले साँझ ८ बजेलाई इन्टरटेनमेन्ट टाइमका रुपमा लोकप्रिय मनोरञ्जनात्मक कार्यक्रमहरु प्रसारण गरिरहेको छ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ। द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तराष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad