लोकप्रिय गायक राजु परियार र गायिका राधा विसीको आवाजमा सजिएको नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको मौलिक गीत ‘नाच मेरी माया’ को भिडियो बजारमा आएको छ।
नविन विरही श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा मायालुसँग नाच्न पाउँदा गायक निकै खुशी छन्। भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन रहेको छ।
‘नाच मेरी माया’ गीतको भिडियोमा कोरियोग्राफी महेश महराको रहेको छ। भिडियोमा करिष्मा ढकाल र दिलिप राईको नृत्य रहेको छ।
साउन १२, २०७६ आइतबार १०:१७

प्रतिक्रिया