ad ad

कला


नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोरोनाबाट बच्न सिकाउने गीत (भिडिओ)

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोरोनाबाट बच्न सिकाउने गीत (भिडिओ)

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ०:१३,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले कोरोना भाइरसबाट बच्न के कस्ता सतर्कता अपनाउनुपर्छ भन्नेबारे व्यावहारिक रूपमै जानकारी दिने भिडिओसहितकाे गीत बनाएका छन्।

‘कोभिड-१९ बाट रक्षा, आजको आवश्यकता : सबैको सेवा, सबैलाई सेवा, हाम्रो प्रतिबद्धता’ नारासहित प्रवक्ता श्रेष्ठले ‘कोरोनाको डर छ’ बोलको म्युजिक भिडिओ बजारमा ल्याएका हुन्।

गोरखा-काठमाडौं जनसांकृतिक मञ्ज र कोभिड-१९ भोलिन्टियर सर्भिस (सिभियस) को संयुक्त प्रस्तुतिमा निर्मित म्युजिक भिडिओमा प्रवक्ता श्रेष्ठ आफू पनि उपस्थित छन्।

नेकपा प्रवक्ता श्रेष्ठ सिभियसका संयोजक हुन्।

सुमन पण्डितको शब्द रहेको गीतको भिडिओ परिकल्पना किरण पन्तले गरेका हुन्। जसमा दीप सागर थापाको संगीत छ।

गीतमा दीपसागर थापा, सागर गुरुङ, सरु थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, ईबी गुरुङ, सुनिला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियारको स्वर छ।

विपिन आचार्यले संगीत संयोजन गरेको म्युजिक भिडिओमा मरिचमान श्रेष्ठ ९बल्छी ध्रुवे) राजु मास्टर, अनिता बस्नेतलगायत सिभियसका सबै कलाकारले अभिनय गरेका छन्।

म्युजिक भिडिओमा निर्देशन प्रकाश भट्टले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .