साहित्यकार पदम विश्वकर्माको ‘यसपालिको दसैं मान्न घरै आउनू कान्छा’ बाेलकाे गीत सार्वजनिक भएको छ।
उनको शब्द र राम कार्कीको संगीत तथा कृष्ण भक्त राईको स्वर रहेको गीत युट्युबमार्फत सार्वजनिक भएको हो।
अन्तर्राष्ट्रिय साहित्य समाजका पूर्वअध्यक्ष पदम विश्वकर्मा नेपाली साहित्यको सम्वर्द्धन र प्रवर्द्धनमा निरन्तर क्रियाशीले श्रष्टा हुन्। अनेसास केन्द्रीय समितिमा दुई कार्यकाल अध्यक्ष बनेका विश्वकर्मा बोर्ड अफ ट्रस्टीको उपाध्यक्षसमेत भइसकेका छन्।
नासो कम्युनिटी र ब्लड डोनर्स अफ अमेरिका गरी दुईवटा निकायको सल्लाहकार तथा जातीय भेदभावविरुद्ध विश्व मञ्चको वरिष्ठ उपाध्यक्ष भइसकेका साहित्यकार पदम विश्वकर्मा ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’का अध्यक्ष हुन्।
त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातक, समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर विश्वकर्माले डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार-२०१८ लगायत विशिष्ट पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।
विश्वकर्माका ‘तमसुक’ कथा संग्रह र शब्द सुमन कविता संग्रह प्रकाशित छन्।
यसअघि साहित्यकार विश्वकर्माको शब्द रहेको ‘सोच तिम्रो’ बोलको गीत सार्वजनिक भइसकेको छ।
Shares

प्रतिक्रिया