ad ad

कला


शम्भुजीत, डब्बु र सरिताले ल्याए पहिलो भेटमै... (भिडियो)

शम्भुजीत, डब्बु र सरिताले ल्याए पहिलो भेटमै... (भिडियो)

नेपालखबर
असोज ४, २०७७ आइतबार ८:५२,

नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’ श्रोतामाझ आएको छ। संग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ।

कोरोना संक्रमणका कारण आसपी दूरी कायम गर्दै वरिष्ठ संगीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन्। जसमा बजाई देउ बाजा... र पहिलो भेटमा... बोलको गीत रहेको छ।

सो क्रममा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफूले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेको बताए। सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए।

यस अघि मेरो जवानी..., लुडो र तास..., कोरोनाले देशै रायो..., रातो सारी लरक्कै... जस्ता सिंगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासँग काम गर्न पाउँदा निकै कुरा सिक्ने अवसर पाएको बताइन्। यसैसाता गायक हेम श्रेष्ठसँग आफ्नो दशैँ गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराइन्। बिगत आधा दशकदेखि गायनमा सक्रीय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन्।

गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अवसर जुरेको बताए। अब बासकोटासँग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे।

बजाई देउ बाजा लोक पप शैलीको गीत हो। जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ। यो गीत नृत्यप्रधान बनेको छ। गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए।

यस्तै यो संग्रहमा रहेको अर्को गीत पहिलो भेटमै... लाई जुगल डंगोलले संगीत गरेका हुन्। दुवै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो। यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैँले लेखेकी हुन्। यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो।

यसैबीच पहिलो भेटमै... गीतको भिडियो पनि रिलिज गरिएको छ। जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैँले मोडलिङ गरेकी छन्। रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन्।

डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो। भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .