कला


कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो)

कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो)

नेपालखबर
भदौ २५, २०७७ बिहिबार ११:१३,

कुनै एक समय थियो, मान्छेहरु चलचित्रमा खलनायक खेल्ने मान्छे साँच्चीकै छुच्चो हुन्छ अनि नायक खेल्ने मान्छेको स्वभाव नै दुखीलाई देख्नासाथ सहयोग गर्ने अनि केटी देख्नासाथ प्रेम गर्ने हुन्छ।

तर जब मान्छेले यो सब कथामा बहकिएको अभिनय मात्र हो भन्ने बुझे अनि आफ्नो भ्रम बुझेर एकछिन् घोत्लिए अनि केही बेर आफैँ हाँसे। हो यस्तै विभिन्न कलाकारहरुलाई छमछम नचाएर कोरियोग्राफरको रुपमा आफूलाई चिनाएका रविन शाहले पनि अरुले सोचेका भन्दा फरक काम गरेका छन्।

सबैले नचाउने गुरुका रुपमा चिनेका रविन एकै पटक दुईवटा परिचय लिएर आएका छन्। उनले आफ्नै शब्द तथा संगीतमा मर्मस्पर्शी गीत किन तिम्रो सम्झनाले डिजिटल बजारमा ल्याएका हुन्। गीतलाई ऋदम कँडेलले एरेञ्ज गरेका छन् भने फुर्वा तामाङले रेकर्डिङ गरेको गीतको मिक्सिङ र मास्टरिङ महेश्वरमान राजभण्डारीले गरेका छन्।

द भ्वोईस अफ नेपालको सिजन १ जितेका सिडी बिजय अधिकारीको स्वर रहेको गीत अत्यन्तै मर्मस्पर्शी रहेको छ। हाल लिरिकल स्टुडियो भिडियो सार्वजनिक गरेका रविनले चाँडै कथानक भिडियो निर्माण गरिने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad