ad ad

कला


सोनु सुदले खेत जोत्ने दुई युवतीलाई ट्र्याक्टर उपहार दिए

सोनु सुदले खेत जोत्ने दुई युवतीलाई ट्र्याक्टर उपहार दिए

नेपालखबर
साउन १२, २०७७ सोमबार ९:४४,

सोनुले कोरोना भाइरस ‘कोभिड १९’ को त्रासपछि लकडाउन भएको समयमा समस्यामा परेका भारतीय मजदुरहरुलाई घर फर्काउन र उनीहरुलाई खाना खुवाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

भारतमा समस्यामा परेका मानिसहरुले सोनुलाई सिधै फोन गर्थे र आफ्नो समस्या राख्थे। उनी समस्यामा परेका मानिसलाई भेट्न नै जान्थे, खाने र घर फर्कने व्यवस्था गरिदिन्थे।

दुखको समयमा साथ पाएपछि मजदुरहरुले सोनु सुदलाई भगवान नै भनेका थिए।

यसबीचमा सोनुले फेरि अर्को काम गरेका छन् जसले उनको चर्चा पुनः चुलिएको छ।

हालै भारतमा एउटा भिडियो भाइरल बनेको थियो। उक्त भिडियोमा एक किसान परिवारले हलो जोतेर बिउ छरेको देखिएको छ।

उनीहरुसँग चौपाया नहुँदा दुई छोरीले चौपायाको भूमिका निर्वाह गरेको देखिएपछि सोनु सुदले ती दुई युवतीको नाममा उक्त परिवारलाई ट्र्याक्टर उपहार दिएका छन्।

ट्र्याक्टर उपहार पाएपछि किसान परिवार निकै खुशी भएको बताइएको छ। नागेश्वर राव नाम गरेका किसान परिवारको किराना पसल थियो।

तर लकडाउनले पसलको व्यापार ठप्प भएको बताइएको छ।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .