कला


किम कार्दसियनका श्रीमान कान्य वेस्टले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने

किम कार्दसियनका श्रीमान कान्य वेस्टले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने

नेपालखबर
असार २१, २०७७ आइतबार १०:३०,

ट्वीटरमा र्‍यापर कान्य वेस्टले आफूले निर्वाचन लड्ने घोषणा गरेका हुन्। वेस्टले यसअघि हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्वाचनमा मतदान गर्ने बताउँदै आएका थिए।

आगामी नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ। रिपब्लिकन पार्टीका तर्फबाट ट्रम्पको उम्मेदवारी सुनिश्चित हुँदा डेमोक्रेटिकको तर्फबाट जो बाइडन प्रतिस्पर्धामा छन्।

वेस्टले उम्मेदवारी दिए उनले ट्रम्प र बाइडनसँग प्रतिस्पर्धा गर्नेछन्।

वेस्टको उम्मेदवारी घोषणासँगै उनलाई टेस्ला तथा स्पेसएक्स कम्पनीका मालिक इलोन मस्कले आफूले वेस्टलाई समर्थन गर्ने भन्दै ट्वीट गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad