रोटराक्ट क्लब अफ पाटन साउथले भारतस्थित रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्टचेन्नईसँगको सहकार्यमा ‘आर्टिस्ट इन क्वारेन्टिन नामक आर्ट फेस्टिवल आयोजना गर्ने भएको छ।
कोभिड–१९ महामारी र क्वारेन्टिनको विषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिङ र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न कलाकारहरुलाई फेस्टिबलमा सहभागी हुन आमन्त्रण गरिएको छ।
रोटराक्टले विज्ञप्तिमा भनेको छ, ‘प्रतियोगिताको निर्णय, हाम्रो निर्णायक मण्डलबाट नेपालका सम्मानीय कलाकार चिराग बांग्देल र भारतका कलाकार तन्हा परदेशीबाट हुनेछ। निर्णायक मण्डलद्वारा घोषणा गरिएको उत्कृष्ट कलाकृतिलाई नेपाल र भारतका प्रमुख पत्रपत्रिकाहरुमा प्रकाशन गरिनेछ।’
कलाकारहरुले आफ्नो कलामा कोभिड–१९ महामारीले गर्दा जीवनशैली र आर्थिक गतिविधिमा आएको परिवर्तन, लकडाउनमा घटेका घटनाहरु र आइसोलेसन वार्डमा समय बिताइरहेका मानिसहरुको भावनालाई समेट्न सक्ने रोटराक्टले जनाएको छ।
कलाकारहरुले असार २८ अर्थात् जुलाई १४ सम्म आफ्नो कलाकृति पठाइसक्नुपर्नेछ।
इच्छुक कलाकारहरुले ब्यानरमा रहेको क्युआर कोड प्रयोग गरी आफूलाई रजिस्ट्रार गर्नुपर्ने र कृतिहरु इमेल ([email protected])मा पठाउनुपर्नेछ।
प्रतिक्रिया