प्रख्यात अभिनेत्री मनिषा कोइरालाले चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छन्।
‘यो सुन्दा म निकै स्तब्ध भएँ... बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ... मेरो हार्दिक समवेदना! ओम शान्ति...,’ कोइरालाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्।
सुशान्त सिंह आइतबार मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
३४ वर्षीय सुशान्तले के कारणले आत्महत्या गरे भन्ने विषयमा केही नखुलेको बताइएको छ।
मुम्बई प्रहरी अहिले उनको घरमा पुगेर अनुसन्धान सुरु गरेको छ।
उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ।
टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए। उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो।
Utterly shocked to hear this.. used to love his debates on various topics..my heartfelt condolences !Om Shanti .. #rip @itsSSR ??????
— Manisha Koirala (@mkoirala) June 14, 2020याे पनि:
बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले गरे आत्महत्या

प्रतिक्रिया