कला


६ देशको लागि बिक्री भयो दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ को प्रदर्शन अधिकार

६ देशको लागि बिक्री भयो दयाहाङ, सौगात र तेरियाको ‘मितज्यू’ को प्रदर्शन अधिकार

नेपालखबर
बैशाख १५, २०८३ मंगलबार १४:२, काठमाडौँ

जेठ ८ गतेबाट रिलिज हुने फिल्म ‘मितज्यू’ को प्रदर्शन अधिकार बिक्री भएको छ।  हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा ‘सोल्ड आउट’ भएको छ।

मंगलबार निर्माण पक्षले यी ६ देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो। फिल्मका निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’को हङकङ प्रदर्शन अधिकार पाथिभरा इन्टरटेनमेन्टले खरिद गरेको छ।

त्यस्तै जापानका लागि वाउ इन्टरटेनमेन्ट, साउथ कोरियाका लागि नेपाल मगर संघ, माल्टाका लागि नेप फाइभ इन्टरटेनमेन्ट र पोल्याण्डका लागि सोल्टी इभेन्टले अधिकार किनेका छन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको अन्य देशहरूसँग पनि प्रदर्शनका लागि छलफल भइरहेको जानकारी दिए। हालसम्म यी ६ देशमा भने प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा दर्शकमाझ यसको कौतुहलता बढ्दो छ। यस फिल्ममा सौगात मल्ल, दयाहाङ राई र चर्चित डान्सर तेरिया फौजा मगरको अभिनय रहेको छ। तेरियाको यो डेब्यु फिल्म भएकाले  सुरुदेखि नै चर्चामा छ।

फिल्मको टिजरसहित ‘गैराघरे काँइली’ र ‘भुनभुन माहुरी’ गीत दर्शकले मन पराएका छन्।

ग्रामीण परिवेशमा आधारित यस फिल्ममा पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारहरूको अभिनय रहेको छ।

साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्मका निर्माता जनक घर्ती मगर हुन्। लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन रहेको फिल्ममा श्रीकृष्ण बम मल्लको संगीत छ। गीतमा स्वर श्रीकृष्ण बम मल्ल, मेलिना राई र लक्ष्मी मल्लले दिएका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad