फिल्म ‘बा : एक योद्धा’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले एक पोस्टर सार्वजनिक गर्दैं आगामी भदौ १९ गतेका लागि रिलिज मिति तोकेको हो।
यस फिल्मबाट नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालले निर्देशनमा डेब्यु गरेका हुन्।आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र पटकथा लम्साल आफैँले तयार पारेका हुन्।
‘बा : एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जक समेत रहेका लम्सालले यस अघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा निर्माण गरेका थिए।
चलचित्रको शीर्षकले यो एक शुद्ध सामाजिक कथाबस्तु हुने संकेत गर्छ । नेपाली परिवारमा बुवाको महत्त्व, उनले सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई एउटा ‘योद्धा’को रूपमा चित्रण गर्न खोजिएको बुझिन्छ । विशेषगरी ग्रामीण तथा सहरी समाजमा एउटा बाबुले आफ्नो काँधमा बोक्ने जिम्मेवारीको कथालाई यो चलचित्रले पर्दामा उतार्नेछ।
शिवराम श्रेष्ठको छायाकंन रहेको छ। श्रेष्ठले यसअघि ब्लकबस्टर सावित भएका चलचित्रहरू ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’ र ‘परान’ जस्ता सिनेमाहरू खिँचिसकेका छन्।
21
Shares

प्रतिक्रिया