अभिनेता, निर्माता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ। आइतबार बिहान उनकी आमा ज्ञानुदेवी ढुंगानाको ८८ वर्षको उमेरमा निधन भएको हो।
स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई केही दिनअघि ललितपुरस्थित सुमेरू सिटी अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको परिवारले जनाएको छ।
दिवंगत ज्ञानुदेवीको आइतबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि हुँदै छ।
267
Shares

प्रतिक्रिया