कला


कलाकार गोप्य राखिँदै गरियो केकीको फिल्म ‘स्टेशन’ को शुभ मुहूर्त, छायांकन वैशाख तेस्रो सातादेखि

कलाकार गोप्य राखिँदै गरियो केकीको फिल्म ‘स्टेशन’ को शुभ मुहूर्त, छायांकन वैशाख तेस्रो सातादेखि

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १४:२५, काठमाडौँ

अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’ को निर्माण कार्य सुरु गरेकी छिन्। 

‘बोक्सीको घर’ जस्तो हिट फिल्म दिएकी केकीको लगानीमा सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको छ। 

मुहूर्त कार्यक्रममा चलचित्रका निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। अभिनेत्री केकी अधिकारीले नयाँ वर्षको अवसर पारेर यो चलचित्र निर्माणको घोषणा गरेकी थिइन्। 

२०८१ सालको सफल चलचित्र ‘बोक्सीको घर’ पछि केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेशन’मा पनि निरन्तरता दिएकी छिन् ।

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन्। फिल्मको कथा पनि स्वयं भारतीकै रहेको छ। चलचित्रका निर्माता भने बद्री अधिकारी हुन्।

चलचित्रको मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन। ‘स्टेशन’मा कुन-कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शकमाझ कौतुहलता कायम राखेको छ ।

केकी आफैं चलचित्रमा देखिनेछिन् वा निर्मात्रीको रुपमा मात्र रहनेछिन् भन्ने विषय पनि अझै प्रस्ट भइसकेको छैन ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad