कला


चर्चामा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’, युट्युवमा २४ लाख भ्युज

चर्चामा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’, युट्युवमा २४ लाख भ्युज

नेपालखबर
चैत ५, २०८२ बिहिबार १३:२०, काठमाडौँ

फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन्। गत शुक्रबार फागुन २९ गते सार्वजनिक गरिएको उक्त गीत टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल छ।

यस गीतलाई हालसम्म युट्युवमा २४ लाख ७१ हजार बढी भ्युज पाइसकेको छ। गीतले लोकप्रियता पाएसँगै यो टिकटकर, रील्स हेर्ने दर्शकको रोजाईमा परेको छ ।

‍गीतको भिडिओमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको नृत्यको चर्चा सामजिक सञ्जालमा  छ। उनीहरूले गीतमा गरेको स्टेपलाई अहिले टिकटक भिडिओ, फेसबुक रील्समा हुबहु नृत्य गर्ने र भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन्। ती सञ्जालमा एक्टिभ रहेका प्रयोगकर्तासँगै कन्टेन्ट क्रिएटरको रोजाईमा समेत ‘मायालाई के दिउँ म बैना’ परिरहेको छ ।

टिकटकमा  लाखौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्दहरू देख्न सकिन्छ। प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन्। उनीहरूले फिल्ममा लोकभाकाको प्रयोग गरिएको भन्दै निर्माण समूहलाई धन्यवाद पनि दिएका छन्।

उक्त गीतलाई प्रदीप लामाले कोरियोग्राफी गरेका छन्। गीतमा दीपिका बयाम्बु मगर र खेम सेन्चुरीको स्वर रहेको छ। साथै, सङ्गीत खेम सेन्चुरीकै रहेको छ भने शब्द रमेश बिजीले लेखेका हुन्। 

फिल्मको प्रदर्शन मिति २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ। यस फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत लगायतको अभिनय रहेको छ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन्। विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। 

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad