कला


दयाहाङ र तेरिया अभिनीत ‘मितज्यू’को मिति हेरफेर, कहिले हुँदै छ रिलिज?

दयाहाङ र तेरिया अभिनीत ‘मितज्यू’को मिति हेरफेर, कहिले हुँदै छ रिलिज?

नेपालखबर
चैत १, २०८२ आइतबार १५:४६, काठमाडौँ

फिल्म ‘मितज्यू’ को नयाँ प्रदर्शन मिती तय भएको छ।

निर्माण टिमलेआइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी जेठ ८ गतेबाट फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो। यसअघि यो फिल्म आगामी जेठ १५ गतेलाई तय गरिएको थियो।  

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्र देखिन्छन्। जहाँ साैगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएका छन् भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिकी छन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। 

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। फिल्ममा अनिल बुढा मगरको निर्देशन रहेको छ।

दयाहाङ, सौगात, तेरिया र शिशिरसहित फिल्ममा पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad