आज (शुक्रबार)देखि नेपाली सिनेमा हलहरूमा फिल्म ‘लालिमा’ प्रदर्शन सुरु भएको छ।
यस फिल्मले शुक्रबार देशभरबाट ६० भन्दा धेरै शो पाएको छ। प्रतिनिधिसभा निर्वाचनपछि प्रदर्शनमा आएको यो पहिलो नेपाली फिल्म समेत हो।
यद्यपी, फिल्मको व्यापार भने माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।
‘लालिमा’यौनकर्मीहरूका समस्या, पीडा र मानसिकताको घटनामा बनेको हो।
फिल्ममा रोश्नी कार्की मुख्य भूमिकामा छिन्। साथै जीवन भट्टराई, उषा रजक र शिशिर वाङदेन, सुष्मा निरौला, घनश्याम जोशी र सबिन कट्टेललगायतको अभिनय छ।
फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले फिल्म वितरणको जिम्मेवारी लिएको छ ।
108
Shares

प्रतिक्रिया