अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्माना जोशीले केहि बर्ष अगाडी नै आयंका फिल्म्स ब्यानरको स्थापना गरेका थिए। जुन ब्यानरबाट उनीहरुले सिरिज, सर्ट फिल्म निर्माण गरिसकेका छन्।
यसैबीच, यस जोडीले सर्ट फिल्म ‘टाँक’ ल्याएका छन्। केही दिनअघि युट्युवमा सार्वजनिक गरिएको यस फिल्मले यतिखेर दर्शकहरुको मन जितिरहेको छ। १४ मिनेट ४४ सेकेन्ड लामो फिल्मलाई ४ लाख बढी भ्युज मिलिसकेको छ। साथै सकरात्मक प्रतिक्रिया पाइरहेको छ।
यस सर्ट फिल्ममा भूमिकामा अभिनेत्री प्रियंका कार्की छिन्। ग्रामिण परिवेशको भूमिकामा देखिएकी प्रियंकाको अभिनय दर्शकले रुचाएका छन्। पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्ममा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’को यथार्थलाई देखाइएको छ।
सम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्ममा प्रियंकासहित रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीको अभिनय छ।फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन्। आयंका फिल्म्सको व्यानरमा चाडै चलचित्र निर्माणको तयारी रहेको छ।

प्रतिक्रिया