राजेश हमालको फिल्म ‘प्रवासी जीवन’ बक्सअफिसमा कमजोर देखिएको छ। फागुन १५ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको ९ दिनमा सिनेपा बक्स अफिसमा १ लाख ३८ हजार रूपैयाँ मात्र ग्रस कमाएको हो।
गत शनिबार (फागुन २३) गतेसम्म फिल्मले यस अवधीमा ५०९ वटा टिकट बिक्री भएका छन्।
श्याम क्षेत्री र राम अधिकारीको निर्देशनमा बनेको यस फिल्मले भुटानी शरणार्थीहरू अमेरिका पुगेपछिको संघर्षलाई चित्रण गर्छ। सामाजिक कथावस्तुमा आधारित फिल्मको निर्माता रविन आचार्य हुन्।
फिल्मले विदेशमा बसोबास गर्ने नेपाली समुदायको मानसिक अवस्था, पहिचानको खोजी र पारिवारिक सम्बन्धको भावनात्मक कुराहरूलाई समेटेको छ।
यस फिल्ममा राजेशसँगै सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारहरूको अभिनय छ। यो फिल्म धेरै हलबाट उत्रिसकेको छ।
Shares

प्रतिक्रिया