सुशील पोखरेलको प्रस्तुति रहेको फिल्म ‘परालको आगो’ को प्रदर्शन अधिकार अमेरिका र क्यानडामा बिक्री भएको छ।
निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमा प्रदर्शन राइट बिक्री भएको हो। अमेरिका र क्यानडाका लागि चलचित्र ईएनटीले किनेको हो।
अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकारी बिक्री भएको निर्माता पोखरेलले बताए। ‘हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ। यो बाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ,’ पोख्रेलले भने।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्मको बुधबार पोस्टर सार्वजनिक गरिएको थियो। जसले विदेशमा रहेका नेपालीले पनि फिल्मप्रति चासो देखाएका छन्।
यस फिल्ममा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्छ।
फिल्ममा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनियाको पनि अभिनय रहेकाे छ।
हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको फिल्मका निर्माता सुशील पोखरेल हुन्। सुशील देवकोटाले लेखन रहेको फिल्मलाई संकल्प भुजेलले खिचेका छन्। नृत्य निर्देशन रामजी लामिछाने, सम्पादन मिलन श्रेष्ठ र रंग संयोजक कनाल कुँवर रहेका छन्।
यस फिल्मको वितरण आर फिल्मसले गर्दै छ भने ओएसआर डिजिटल राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया