कला


यी हुन् ‘मिसेस भोग नेपाल सिजन ३’ का विजेताहरू

यी हुन् ‘मिसेस भोग नेपाल सिजन ३’ का विजेताहरू

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १६:२७, काठमाडौँ

‘मिसेस भोग नेपाल सिजन ३’ का विजेता घोषणा गरिएको छ। मंगलबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा नौ जना विजेता घोषणा गरियो। 

उपाधिका लागि २१ जना विवाहित महिलाले प्रतिस्पर्धा गरेका थिए। प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रक्रिया, प्रि-जजिङ राउण्ड, प्राप्तांकको आधारमा विजेता घोषणा गरिएको जनाइएको छ ।

सगुन ज्वेलर्सले प्रस्तुत गरेको कार्यक्रममा प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समपर्णलाई मध्यनजर गर्दै ती विजेता घोषणा गरिएको जनाइएको छ। जसअनुसार, मिसेस भोग नेपाल ग्राण्ड २०२६- प्रतिक्षा थापा, मिसेस भोग नेपाल यूनिभर्स २०२६-प्राची तोमर, मिसेस भोग नेपाल वर्ल्ड २०२६-किमी चौलागाई, मिसेस भोग नेपाल अर्थ २०२६- कविता ढकाल घोषित भए।
मिसेस भोग नेपाल ग्लोबल २०२६- कोमल नेपाली हुँदा मिसेस भोग नेपाल टुरिजम २०२६- ऋचारानी राम घोषित भइन्।  

क्लासिक मिसेस भोग नेपाल विजेतातर्फ, क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६-श्रीनु श्रेष्ठ, क्लासिक मिसेस भोग युनिभर्स २०२६- ज्योती कुर्मी र क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६- सम्झना फुयाँल बने। 

फिनालेमा प्रतिस्पर्धीले र्‍याम्प वाकसहित विभिन्न डिजाइनका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरन प्रस्तुत गरेका थिए। उक्त प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक तुल्याएको थियो। ग्राण्ड फिनालेमा सो-स्टपरको रुपमा टिकटकर एलिजे जमाली सहभागी थिइन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad