भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डाले बिहे गरेका छन्। वर्षौंदेखि प्रेम सम्बन्धमा रहेका रश्मिका र विजयले बिहीबार विवाह बन्धनमा बाँधिएका हुन्।
यस जोडीले उदयपुरमा एक विवाह समारोहबीच गोव्य रुपमा बिहे गरेका हुन्। रश्मिका र विजयको विवाह तेलुगु रीतिरिवाज अनुसार भएको थियो।रश्मिका मन्दाना र विजयको आज अर्को विवाह हुने तय भएको छ।
विजयको विवाह तेलुगु रीतिरिवाज र रश्मिकाको कोडावा समारोहपछि हुनेछ।
व्यापार विश्लेषक श्रीधर पिल्लईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रश्मिका र विजयको विवाहको अपडेट सेयर गरेका छन्। उनका अनुसार आज बिहान १०:१० बजे उनीहरुको बिहे भएको थियो।
तेलुगु विवाह पछि रश्मिका मन्डन्नाको विवाह अब कोडावा परम्परा अनुसार हुनेछ। यो सूर्यास्त विवाह हो जुन ४ बजे हुनेछ। प्रशंसकहरू उनीहरूको विवाहको तस्बिरहरूको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।
उनीहरुको बिहेको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई व्यक्त गरेका छन्।
Shares

प्रतिक्रिया