कला


यसरी ‘रोयल’ बन्यो नीति शाह र याञ्चित राणाको बिहे

यसरी ‘रोयल’ बन्यो नीति शाह र याञ्चित राणाको बिहे

नेपालखबर
फागुन १०, २०८२ आइतबार १८:९, काठमाडौँ

गत शुक्रबार अभिनेत्री नीति शाहले प्रेमी याञ्चित राणासँग विवाह गरिन्। वैशाखमा कानुनी बिहे गरेका उनीहरुले धार्मिक विधिअनुसार भव्य रुपमा बिहे गरे। जुन बिहेको यतिखेर टिकटकदेखि सामाजिक सञ्जालमा चर्चा/परिचर्चा भइरहेको छ।  

केहीमहिनाअघि नीतिले फागुनमा तीनदिने बिहे समारोह फरक फरक बिहे समारोह हुने बताएकी थिइन्। सोहीअनुसार काठमाडौंका विभिन्न भेन्युमा भव्य रुपमा बिहेको समारोहहरु गरियो।  

उसो त बिहेअगावै नीतिलाई माघदेखिनै बिहेको चटारो लागिसकेको थियो। माघ ताकानै नीतिका साथीहरूले ‘ब्याचलरेट पार्टी’ मनाइदिएका थिए। त्यसपछि उनले प्री-वेडिङ फोटोसुट समेत गरेकी थिइन्।

सुरुमा गत बुधबार साँझ दरबारमार्गस्थित त्रिशला रेस्टुरेन्टमा नीतिको संगीत समारोह राखिएको थियो। हल्का गुलाबी र सिल्भर कलरको लेहेंगा लगाएकी नीति निकै सुन्दर देखिएकी थिइन्। जुन कार्यक्रममा बेनिशा हमाल र पल शाह लगायतका सेलिब्रेटीले नृत्य गरेका थिए।

त्यसपछि शुक्रबार प्लाजा होटलमा उनीहरुको वैवाहिक समारोह भयो। बिहेमा नीति फरक फरक तीनवटा पहिरनमा देखिएकी थिइन्। स्वयम्बरमा नीति रातो घुम्टोसहित रातो रंगको लेहेंगामा देखिइन्।

वरमालापछि नीति हल्का सुन्तला रंगको सारी, रातो घुम्टी र हरियो मुगाजडित गोल्डेन अर्नामेन्टमा देखिइन्। नेपाली दुलहाको पोशाकमा देखिएका याञ्चितसित नीति धपक्कै बलेकी थिइन्।

अर्को लुक्समा दुलही नीतिले समृद्धि र वैवाहिक सुखको प्रतीक मानिने गाढा रातो रंगको आकर्षक ब्राइडल हेभी लहेंगा लगाएकी थिइन्। जुन पहिरनमै याञ्चितले नीतिको सिउँदो भरेका थिए। त्यसै ड्रेसमा नीतिको बिदाइ समेत भएको थियो। फरक फरक भेन्यु र पहिरनमा गरिएको बिहेले अहिले धेरैको ध्यान खिँचिरहेको छ। जुन भव्य बिहेलाई धेरैले ‘रोयल’ बिहे को संज्ञा दिइरहेका छन्। अझ नीतिको सुन्दरताको त झन चौतर्फी तारिफ भइरहेको छ। उनको पहिरनले दर्शकहरुलाई मोहित बनाइरहेको छ। 

गायिका ज्योति मगरले समेत अरु अभिनेत्रीलाई व्यङग्य गर्दैं नीतिको बिहेको तारिफ गरेकी छिन्।

‘बिहे भव्य र राजकिय देखिनलाई हेलिकप्टर होइन। खानदान र परम्परा म्याटर गर्दो रैछ भन्ने नीति शाहको बिहे हेरेर थाहा भयो। पैसाले मातिएका हेलिकप्टरे सेलिब्रेटीहरु जति नै टाटछाट गरेनी स्वाङभन्दा भ्वाङ ठूलो जस्तो लाउने के हामी गरिबलाई फेरि,’ उनले फेसबुकमा लेखेकी छिन्।

अझ बिहेमा अर्को रोचक दृश्य देखियो। मण्डपमा नीतिले आफ्ना श्रीमानको खुट्टा ढोगिन्। र, याञ्चितले आर्शिवाद दिए। याञ्चित त्यतिमै रोकिएनन्। उनले पनि नीतिको खुट्टा ढोगे। जुन भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

केहीले दुबैले एकअर्कालाई सम्मान गरेको भन्दै सकरात्मक प्रतिक्रिया दिइरहेका छन्। केहीले श्रीमानले खुट्टा ढोगेको नसुहाएको भन्दै आलोचना गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad