फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेत्री रोशनी कार्की फिचर्ड छिन्।
दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्मविश्वासी, सहनशील र शान्त देखाइएको छ। यस पोस्टरले उनी यौनकर्मीको चरित्रमा रहेको संकेत गर्छ।
पोस्टरबारे निर्देशक रोशन मिराज भन्छन्, ‘पहिलो पोस्टरले असहायता र रहस्यलाई केन्द्रमा राखेको थियो। नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। यस पोस्टरमा शीर्षक लेख्न रातो रङ प्रयोग भएको छ। पोस्टरमा नाटकीय सिनेम्याटिक प्रकाश देख्न सकिन्छ। यसले यो केवल डरको कथा मात्र होइन, जागरण र आत्मबलको कथा पनि हो सन्देश दिन्छ।’
फिल्ममा रोशनीसहित जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेल र शिशिर वाङ्देल मुख्ष भूमिकामा छन् ।
तीन हजार यौनकर्मीको अनुभव, संघर्ष र भोगाइमा आधारितमा रहेर यो फिल्म तयार भएको निर्माण पक्षको दाबी छ। फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।
अहिलेको अवस्थामा प्रतिनिधिसभा चुवानपछिको पहिलो प्रदर्शन मिति फागुन २९ मा हलमा लाग्ने ‘लालिमा’ एक मात्रै फिल्म हो ।
Shares

प्रतिक्रिया